आईपिओ जारी गर्न नयाँ कम्पनीले दियो आवेदन

१ बर्ष अगाडि

काठमाडौं - सिटिजन लाइफले प्रिमियम मूल्यमा आईपिओ जारी गर्न नेपाल धितोपत्र बोर्डमा आवेदन दर्ता गराएको छ । कम्पनीले बोर्डमा आज आवेदन दर्ता गराएको हो ।

कम्पनीले कूल एक करोड १२ लाख ५० हजार कित्ता शेयर प्रतिकित्ता १०० रुपैयाँमा १९० रुपैयाँ प्रिमियम थप गरी कूल २९० रुपैयाँमा बिक्री गर्न बोर्डमा आवेदन दिएको हो ।

कम्पनीले एक करोड १२ लाख ५० हजार कित्ता आईपिओ बिक्रीबाट अतिरिक्त दुई अर्ब १३ करोड ७५ लाख रुपैयाँ थप पुँजि संकलन गर्नेछ । साथै कम्पनीले शेयर पुँजि बापत एक अर्ब १२ करोड ५० लाख रुपैयाँ पुँजि थप हुनेछ ।

कम्पनीमा ठूलो मात्रामा पुँजि थप हुने हुँदा बीमितले थप लाभ प्राप्त गर्नेछन् भने बीमितले पाउने बोनसदर समेतमा बृद्धि हुनेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया