शेयरबजारमा हरियाली कति पुग्यो  परिसुचक ?

१ बर्ष अगाडि

काठमाडौं-  साताको तेस्रो दिन शेयरबजारमा हरियाली छाएको छ ।

 नेप्से सूचक आज १२ अंकले बढेर १९१८ को विन्दुमा कायम हुन पुगेको छ ।

नयाँ अर्थमन्त्रीको आगमन हुने भएसँगै आज शेयरबजारमा दोहोरो अंकको बढोत्तरी भएको हो । प्रकाशशरण महत अर्थमन्त्री बन्ने पक्का भएको छ । केही महिनायता रिक्त रहेको अर्थमन्त्रीको पदपूर्ति हुने भएसँगै लगानीकर्ताहरुमा शेयरबजार सुधार हुने आशाले आजको मार्केटमा सुधार देखिएको हो ।

नेप्सेमा सूचीकृत २५८ कम्पनीको ४० लाख ७७ हजार ७७८ कित्ता शेयर किनबेच हुँदा एक अर्ब ४४ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज विकास बैंक, फाइनान्स, र निर्जीवन बीमा उपसूचक बाहेकका सबै उपसूचकमा हरियाली छाएको छ । सर्वाधिक आज लघुवित्त उपसूचक ३।४८ प्रतिशतले बढेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया