आज कुन कुन कम्पनीले सर्वाधिक कारोबार गरे ?

१ बर्ष अगाडि

काठमाडौं-  साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।

 नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्से झिनो अंकले बढेपनि आज कारोबार रकम समेत घटेर ८१ करोड ६२ लाख रुपैयाँमा सीमित हुन पुगेको छ । सर्वाधिक एनआइसी एशिया बैंकको ३ करोड ५६ लाख रुपैयाँमाथिको कारोबार भएको छ ।

त्यस्तै, सानिमा माई हाइड्रोपावरको ३ करोड ३२ लाख, शिवम् सिमेन्ट्सको २ करोड ५२ लाख, हिमालयन डिष्टिलरीको २ करोड ५१ लाख रुपैयाँ र एशियन हाइड्रोपावरको २ करोड ३७ लाख रुपैयाँमाथिको कारोबार भएको छ।

१ बर्ष अगाडि

प्रतिक्रिया