नेप्सेमा झिनो अंकको सुधार/ के कस्ता छन् सुचक ?

१ बर्ष अगाडि

काठमाडौं-  साताको चौथो दिन शेयरबजारमा झिनो अंकको बढोत्तरी भएको छ ।

 नेप्से सूचक १.०२ अंकले बढेर १९१९ को विन्दुमा कायम हुन पुगेको छ ।

नेप्सेमा सूचीकृत २५८ कम्पनीको २५ लाख ३९ हजार ४८ कित्ता शेयर किनबेच हुँदा ८१ करोड ६२ लाख १९ हजार रुपैयाँमाथिको कारोबार भएको छ ।

नेप्सेमा रहेका १३ उपसूचक मध्ये आज होटल तथा पर्यटन, लगानी, माइक्रोफाइनान्स, निर्जीवन बीमा र अन्य उपसूचकमा हरियाली छाएको छ भने बाँकी ८ उपसूचक राताम्य रहेका छन् । सर्वाधिक व्यापार उपसूचक ०.८९ प्रतिशतले घटेको छ ।

१ बर्ष अगाडि

प्रतिक्रिया