दुई कम्पनीको  शेयरमूल्य नेप्सेमा समायोजन कतिमा खुल्ला कारोबार ?

१ बर्ष अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई कम्पनीको शेयरमूल्य समायोजन गरेको छ । 

कालिका लघुवित्त र विजय लघुवित्तले बोनस शेयर वितरणका लागि बुकक्लोज गरेसँगै नेप्सेले यी दुवै संस्थाको शेयरमूल्य समायोजन गरेको हो ।

आज शेयरबजार बन्द हुनुभन्दा अघिसम्म कायम कालिका लघुवित्तको ७८५ रुपैयाँका आधारमा नेप्सेले १९ प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६५९ रुपैयाँ ६६ पैसा कायम गरेको छ ।

त्यस्तै, बिजय लघुवित्तको ७९० रुपैयाँका आधारमा नेप्सेले २० प्रतिशत बोनस शेयर वितरणपछिको शेयरमूल्य ६५८ रुपैयाँ ३३ पैसा कायम गरेको छ । सोही मूल्यकै आधारमा भोलि यी दुवै संस्थाको कारोबार खु्ल्नेछ ।

१ बर्ष अगाडि

प्रतिक्रिया