मूल्य समायोजनपछि जीवन विकास र एनएमबि लघुवित्तको सेयरभाउ :

१ बर्ष अगाडि

काठमाडौँ- नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले आर्थिक वर्ष २०७८–७९को बोनस सेयरका लागि जीवन विकास लघुवित्त र एनएमबि लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन गरेको छ। 

नेप्सेले सेयरमूल्य समायोजन गर्दै प्रतिकित्ता जीवन विकासको १३७०.२६ रुपैयाँ र एनएमबि लघुवित्तको ५०९.०९ रुपैयाँ कायम गरेको छ। यसअघिको अन्तिम कारोबार मूल्यअनुसार प्रतिकित्ता जीवन विकास र एनएमबि लघुवित्तको क्रमशः १५६६ रुपैयाँ र ५६० रुपैयाँ कायम भएको थियो। अब समायोजित मूल्यअनुसार यी दुवै लघुवित्तको सेयर कारोबारमा आउनेछन्।


लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ यी दुवै लघुवित्तले आज चैत १७ गते बुक क्लोज गरेका छन्। यसको अर्थ हिजो चैत १६ गतेसम्म कायम सेयरधनीहरुमात्रै यी लघुविको लाभांश पाउन र सभामा भाग लिन योग्य भएका छन्। 

जीवन विकास लघुवित्तले आफ्नो चौथो वार्षिक साधारणसभा यही चैत ३० गते आयोजना गर्ने निर्णय गरेको छ। सभा मोरङको कटहरीस्थित वित्तीय संस्थाको केन्द्रीय कार्यालयमा बिहान १०ः३० बजेबाट सुरु हुनेछ। 

सभाले चुक्तापुँजी १ अर्ब ३ करोड ४२ लाख ८० हजार रुपैयाँको कुल १४.९९९२ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ। जसमा १४.२८५ प्रतिशतले हुन आउने बोनस सेयर र कर प्रयोजनार्थ ०.७१४२ प्रतिशतले हुन आउने नगद लाभांश छन्। 

यसैगरी एनएमबि लघुवित्तले आफ्नो १० औँ वार्षिक साधारणसभा आउँदो वैशाख १५ गते आयोजना गर्ने निर्णय गरेको छ। सभा पोखराको न्युरोडस्थित सिटी स्क्वायरमा दिउँसो १२ः३० बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७८–७९को मुनाफाबाट हाल कायम चुक्तापुँजी ६५ करोड ५८ लाख ६२ हजार ८६२ रुपैयाँको कुल १०.५२६३ प्रतिशतले हुन आउने ६ करोड ९० लाख ३८ हजार १९६ रुपैयाँबराबरको लाभांश वितरण गर्ने प्रस्ताव गरेको पारित गर्नेछ। जसमा १० प्रतिशतले हुन आउने ६ करोड ५५ लाख ८६ हजार २८६.२० रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५२६३ प्रतिशतले हुन आउने ३४ लाख ५१ हजार ९०९.८० रुपैयाँबराबरको नगद लाभांश छन्। 

१ बर्ष अगाडि

प्रतिक्रिया