दुई  निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का

१० महिना अगाडि

काठमाडौं-  नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले दुई निर्जीवन बीमा कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको छ ।

 अजोड इन्स्योरेन्स र युनाइटेड इन्स्योरेन्स लिमिटेडले मर्ज भई जेठ १४ गतेदेखि एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

यी दुई कम्पनीको जेठ १० गतेको पत्रानुसार उक्त संगठित संस्थाहरुबीच एकआपसमा गाभ्ने।गाभिने वा मर्जरमा जाने कार्य सम्पन्न भई जेठ १४ गते आइतबारदेखि ‘युनाईटेड अजोड इन्स्योरेन्स’को नामबाट एकीकृत कारोबार सुरु गर्ने भएसँगै नेप्सेले यी दुई कम्पनीको शेयर कारोबार रोक्का गरिदिएको हो ।

धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने।गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ को दफा ९९३० बमोजिम उक्त संगठित संस्थाहरुको शेयर कारोबार जेठ १४ गतेदेखि लागू हुनेगरी रोक्का राखिएको नेप्सेले एक पत्रमार्फत जनाएको छ ।

१० महिना अगाडि

प्रतिक्रिया