काठमाडौं 'विश्व लगानीकर्ता सप्ताह २०२३' असोज १५ गतेदेखि २१ गतेसम्म आयोजना हुने भएको छ । उक्त कार्यक्रम होटल हिमालय पुल्चोक ललितपुरमा हुने भएको छ ।
विश्व लगानीकर्ता सप्ताह २०२३ को उद्घाटन र्थमन्त्री डा प्रकाशशरण महतले गर्ने छन् । धितो बजार तथा वस्तु विनियमय बजारसम्बन्धी देशव्यापीरुपमा शिक्षा तथा सेचतना अभिवृद्धि गरी लगानीकर्ता सशक्तिकरण गर्ने उद्देश्यले धितोपत्र बजार नियमन निकायहरुको अन्तर्राष्ट्रिय संस्था आईओएससिओको आह्वानमा सप्ताह मनाउन लागिएको हो ।
विश्व लगानीकर्ता सप्ताह २०२३ मा सहभागि हुन लगानीकर्ताले तल दिएको लिंक गई दर्ता गर्नु पर्ने छ ।
प्रतिक्रिया