काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईं नेतृत्वले बिहीबार काठमाडौँ केन्द्रित प्रदर्शन गर्दैछ ।
राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले अभियानले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।
अभियानका सहप्रवक्ता राजानन्द माण्डव्यका अनुसार परीक्षा नियन्त्रण कार्यालय अगाडिको खुल्ला चौर, गोंगबु चोक, स्वयम्भू, कलङ्की चोक, जावलाखेल, सातदोबाटो, त्रिभुवन विश्वविद्यालय प्रवेश द्वार अगाडि र चाबहिल चोकमा भेला हुने स्थान तय गरिएको छ ।त्यहाँबाट जुलुस काठमाडौँको बल्खुमा तोकिएको प्रदर्शन स्थानमा भेला हुनेछ ।
जुलुसमा धार्मिक झण्डा र राष्ट्रिय झण्डाबाहेकका अन्य झण्डाहरु प्रयोग गर्न निषेध गरिएको माण्डव्यको भनाई छ ।

प्रतिक्रिया