काठमाडौँ। आज नेकपा एमालेको युवा संघले काठमाडौँको तीनकुनेमा प्रदर्शन गर्दै छ। युवा संघले गर्ने भनिएको प्रदर्शनमा एमालेका सबै जनबर्गीय सङ्गठनहरूलाई उपस्थित हुन उर्दी छ।
त्यस्तै दुर्गा प्रसाईँ नेतृत्वमा तीनकुनेमा हुने प्रदर्शनका लागि काठमाडौँका विभिन्न स्थानबाट मानिसहरू याली सहित निस्कने तयारी छ। राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाऊ महाअभियान नेपालले काठमाडौँका सात स्थानबाट जुलुस निकालेर विरोध प्रदर्शन गर्न लागेको हो ।
अभियानका सह प्रवक्ता राजानन्द माण्डव्यका अनुसार यो नागरिकको प्रतिनिधित्व हुने आन्दोलन भएको कारण सबै न्यायप्रेमीलाई उपस्थितको लागी अपिल गरेका छन् । जुलुसमा धार्मिक झन्डा र राष्ट्रिय झन्डाबाहेकका अन्य झन्डाहरू प्रयोग गर्न निषेध गरिएको माण्डव्यको भनाई छ ।
नागरिकको आन्दोलनमा एक लाख नागरिक सहभागिता हुने अपेक्षा गरिएको माण्डव्यको भनाई छ । माण्डव्यका अनुसार भक्तपुरबाट मात्रै १५ देखि २० हजार जनसहभगीता हुने अपेक्षा राखेको आजको अर्थलाई जानकारी दिएका छन् । बस्नेत समूहले कार्यक्रममा आएका नागरिकलाई धम्क्याउने , थर्काउने गरेकोमा आपत्ति जनाएका छन् , नागरिकलाई नागरिककै आन्दोलनमा सरिक हुन प्रहरीले नै बन्देज गरेको माण्डव्यको भनाई छ ।
विभिन्न ठाउँबाट नागरिक लिन गएको गाडी नै फिर्ता गरिदिने सम्मको ज्यादती गरेको माण्डव्यको आरोप छ । प्रसाईँको व्यक्तिगत मुद्दा नभएर आम नागरिकको मुद्दा भएको भन्दै व्यक्ति विशेष जोड्न वा मूल्याकंन गर्न नमिल्ने सह प्रवक्ता माण्डव्यको भनाई छ ।
यता युवा संघ नेपाल काभ्रेका अध्यक्ष ईश्वरवल्लभ सापकोटाले आफूहरूको आन्दोलन कुनै व्यक्ति विशेष नभएको बताएका छन् । सापकोटाका अनुसार नेकपा एमाले र युवासंघ कहिल्यैपनी व्यक्ति विशेषको लडाई मा नलागेको भन्दै भ्रममा नपर्न अनुरोध गरेका छन् ।
युवासंघले देशमा बढिरहेको भ्रष्ट्राचार बेथिति,महँगी तथा गणतन्त्रको रक्षाको निमित्त आफूहरूले शान्तिपूर्ण आन्दोलन तय गरेको भएपनी बाहिर एउटा ब्यक्तिबिरुद्धको आन्दोलन भनेर विषय अतिरञ्जित गरेको आरोप लगाएका छन् ।
कार्यक्रमको तयारी अन्तिम चरणमा पुगेको बताउँदै सापकोटाले राष्ट्रिय यूवासंघ नेपाल काभ्रे र अनेरास्ववियू काभ्रेले बनेपा देखि काठमाडौँसम्मको बाइक र्याली तयारी गरेको बताएका छन् । दुवै शान्तिपूर्ण भनिएको आन्दोलनमा हजारौँको सङ्ख्यामा सुरक्षाकर्मी खटाइएको स्रोतको भनाई छ ।
प्रतिक्रिया