काठमाडौं – आज (बिहिबार) सिंहदरवारमा बसेको मन्त्रीपरिषद बैठकले विभिन्न पाँच वटा निर्णयहरु गरेको सुचना तथा संचारमन्त्री एवं सरकारका प्रवक्ता रेखमा शर्माले बताएकी छिन् ।
आजको बैठकले सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने निर्णय पनि गरेको उनले बताइन् । साथै सरकारी कागजातमा जन्ममिति विवादमा परेका उपरथि ताराध्वज पाण्डे र उर्जा सचिव दिनेशकुमार घिमिरेको राजीनामा स्विकृत गर्ने निर्णय पनि गरेको मनत्री शर्माले जानकारी दिइन् ।
मन्त्रीपरिषदका निर्णयहरू :
१. विद्युतीय सुशासन आयोगको सदस्यमा कञ्चनपुर निवासी पूर्णबहादुर कुँवरलाई नियुक्त गर्ने ।
२. प्राविधिक शिक्षाको क्षेत्रमा स्वीजरल्याण्ड सरकारले प्रदान गर्ने स्वीस फ्रेंक ४.४६५ मिलियन ९करिव ६५ करोड० अनुदान स्वीकृत गर्ने ।
३. सुनको अवैध तस्करी नियन्त्रणसम्बन्धी गठन भएको जाँचबुझ आयोगमा चार जना जनशक्ति थप गर्ने– रा।प। द्धितीय श्रेणी, सरकारी वकिल, रा।प। द्धितीय श्रेणी उपसचिव (राजश्व), प्रहरी नायव उपरीक्षक र रा।प। तृतीय डाटा एनाइलाइटिस्ट ।
४. नेपाली सेनाका उपरथि ताराध्वज पाण्डेले व्यक्तिगत कारण दर्शाइ आफ्नो पदबाट दिएको राजीनामा २०८०र०७र२४ गतेबाट लागु हुने गरी स्वीकृत गर्ने ।
५.उर्जा सचिव दिनेशकुमार घिमिरेले दिएको राजीनामा स्वीकृत गर्ने ।
प्रतिक्रिया