काठमाडौ – सरकारले राज्यलाई सबैभन्दा धेरै कर तिर्ने १६ क्षेत्रका व्यक्ति र संस्थालाई सम्मान गरिरहँदा उक्त सूचिमा डलर अर्वपति विनोद चौधरीको नाम कतै देखिएन । राष्ट्रिय कर दिवस, २०८० का अवसरमा सञ्चालित कर सप्ताह समापन समारोहमा अर्थमन्त्री प्रकाशशरण महतले विभिन्न क्षेत्रका उत्कृष्ट करदातालाई सम्मान गरेका थिए ।
आफूलाई डलर अर्बपतिको प्रचार गराउने मुलुककै सर्वाधिक धनी,विश्वका डलर अर्बपतिमध्येका एक भनिएका काँग्रेस सांसद तथा विवादास्पद व्यापारी विनोद चौधरी सर्वाधिक कर तिर्नेमा उनको व्यापारिक समूह सिजी ग्रुप नपरेको अर्थ मन्त्रालयका अधिकारीहरुको भनाई छ ।
उक्त अवसरमा सरकारले आर्थिक वर्ष ०७८र७९ मा सबैभन्दा बढी आयकर दाखिला गरेको भन्दै नेपाल दूरसञ्चार कम्पनी, ग्लोबल आईएमई बैंक, मनकामना दर्शन प्रा।लि, भाटभटेनी सुपरमार्केट, आईएमई लिमिटेडलगायत १६ कम्पनी, संस्था र व्यक्तिलाई आज सम्मान गरेको हो । यस्तो सम्मान हरेक वर्षको मंसिरमा हुने गरेको छ । तर, मुलुककै सर्वाधिक धनी भनिएका डलर अर्बपतिले राज्यलाई कर नतिरेका कारण उनको नाम कहिल्यै उक्त सूचीमा नपरेको हो ।
चौधरीले आफू वाईवाई चाउचाउको उत्पादन र बिक्री वितरणबाट डलर अर्बपति भएको बताउँदै आएका छन् । उक्त चाउचाउको मुख्य कारखाना ललितपुरको सैंबुमा छ । तर, सोही चाउचाउको बिक्रीबाट तिरेको करको आधारमा उनी कहिल्यै मुलुकभित्र धेरै कर बुझाउनेमा परेका छैनन् । विनोद चौधरी अधिकांश मुलुकमा अवैध तवरले नेपालबाट लगिएको डलर लगानी गरेर धनी भएको यसबाट पनि प्रष्ट भएको अधिकारीहरुको निचोड छ ।
प्रतिक्रिया