रबरको गोली हानिएको होइन : गृह

शुक्रबार, ०८ मंसिर २०८०, १५ : १०

काठमाडौं – गृहमन्त्रालयले दुर्गा प्रसाईं गिरफ्तार र नजरबन्द भनेर भर्खरदेखि जुन प्रचार थालिएको छ, त्यो सम्पुर्णत: झुट र काल्पनिक हल्ला मात्रै भएको बताएको छ ।

साथै हिजोको प्रदर्शनमा द्वीपक्षीय झडप हुन नपाओस्, मानवीय एवम् भौतिक क्षति हुन नपाओस र निजी एवम् सार्वजनिक सम्पत्तिको नोक्सानी हुन नपाओस् भनेर छुट्टाछुट्टै कार्यक्रम स्थान तोकिएको तथा केहीले निषेधित क्षेत्र तोड्न खोज्दा नियन्त्रणका लागि अश्रुग्यास र पानीको फोहोरा मात्रै प्रयोग गरिएको, प्रचार गरिए जस्तो रबर वा कुनै पनि प्रकारको गोली प्रयोग नगरिएको  गृहले जनाएको छ । 

शुक्रबार, ०८ मंसिर २०८०, १५ : १०

प्रतिक्रिया