आगलागीमा चार जनाको मृत्यु, एक जना घाइते

शनिबार, ०९ मंसिर २०८०, ०८ : १६

काठमाडौँ । बर्दियाको गुलरिया नगरपालिका–४ तुलापुरको एक घरमा गए राति आगलागी हुँदा चार जनाको मृत्यु भएको छ । 

घटनामा एक जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालय बर्दियाका अनुसार १८ महिनाका कार्तिक चन्द, ७ वर्षका कृष चन्द, १० वर्षका मानसिं बुढा र ३२ वर्षकी राधा बुढाको मृत्यु भएको हो । 

 घाइते भएकी २८ वर्षकी करिष्मा चन्दको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । आगलागीको कारणबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

शनिबार, ०९ मंसिर २०८०, ०८ : १६

प्रतिक्रिया