आईपीओ जारी गर्ने तयारीमा पिपल्स इनर्जी

शुक्रबार, ०६ पुस २०८०, १२ : २१

काठमाडौँ - पिपल्स इनर्जी लिमिटेडले आइपीओ निष्काशन गर्ने भएको छ । सोही प्रस्ताव सहित पुस २९ गते साधारण सभा बोलाएको हो ।

सभा कम्पनीको कार्यालय, नयाँ बानेश्वर, काठमाडौंमा बिहान १० बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

आर्थिक वर्ष २०७९र८० को नाफा नोक्सानसम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ ।

शुक्रबार, ०६ पुस २०८०, १२ : २१

प्रतिक्रिया