दोहोरो अंकले घट्यो नेप्से, अन्य उपसुचक कस्तो ?

आइतबार, ०८ पुस २०८०, १५ : २६

काठमाडौँ - कारोबारको  पहिलो कारोबार दिन सेयर बजार दोहोरो अंकले घटेको छ । उक्त दिन बजार २१.०३ अंकले घटेर २०८८ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ८५ लाख ८९ हजार ३७९ कित्ता सेयर किनबेच हुँदा ७ अर्ब ११ करोड १७ लाख ३३ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ९ वटा उपसूचकमा राताम्मै भएको छ ।

सेयर बजारमा गिरावट, कारोबार रकम बढ्यो

सर्वाधिक कारोबार
उक्त दिन सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको ३० करोड ४३ लाख २८ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको हाथवे इन्भेष्टमेन्टको २९ करोड ५० लाख ९ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सोनापुर मिनरल्सको २८ करोड १९ लाख ४५ हजार रुपैयाँ, घोराही सिमेन्टको २२ करोड ५२ लाख २२ हजार रुपैयाँ र आइएमई लाइफ इन्स्योरेन्सको १९ करोड ३ लाख ७२ हजार रुपैयाँको कारोबार भएको हो ।

सकरात्मक सर्किट 
आज सेयर बजारमा गिरावट आउँदा बोटलर्स नेपाल (बालाजु), कालिका पावर कम्पनी, साम्लिङ पावर कम्पनी, बिपीडब्लु लघुवित्त, चिरख्वा हाइड्रोपावरसहित १३ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

नकरात्मक सर्किट 
घटेको बजारमा आज ज्योति विकास बैंक बोन्ड र नेपाल रिपब्लिक मिडियाको सेयरमा नकरात्मक सर्किट लागेको छ । कम्पनीहरुको सेयर मूल्य १०१० प्रतिशतले घटेको छ । त्यसैगरी, हाथवे इन्भेष्टमेन्टको ९.८५ प्रतिशत, आँखुखोला जलविद्युत कम्पनीको ९.१७ प्रतिशत र हिमालयन डिस्टीलरीको ६.८७ प्रतिशतले सेयर मूल्य घटेको छ ।


 
 

आइतबार, ०८ पुस २०८०, १५ : २६

प्रतिक्रिया