काठमाडौं- मार्जिन प्रकृतिको सेयर धितो कर्जा रियल स्टेट कर्जाको जोखिम भार घटेको छ । चालु आवको मौद्रिक नीतिको प्रथम त्रैमासिक समीक्षामा आएको व्यवस्था कार्यान्वयनका लागि यस्तो निर्णय गरेको हो ।
५० लाख भन्दा माथिको मार्जिन प्रकृतिको सेयर धितो कर्जामा १५० प्रतिशत रहेको जोखिम भारलाई घटाएर राष्ट्र बैंकले १२५ प्रतिशत कायम गरेको छ । ५० लाखसम्मको कर्जामा यसअघि नै १०० प्रतिशत जोखिम भार कायम गरिएको छ ।
रियल स्टेट कर्जा लगायको जग्गाको विकास कर्जाका लागि पनि जोखिम भार १५० प्रतिशतबाट घटाएर १२५ प्रतिशत कायम गरेको हो ।
प्रतिक्रिया