आईपीओ बाँडफाँडको तयारीमा हिमालयन रि इन्स्योरेन्स

सोमबार, ०९ पुस २०८०, १५ : १४

काठमाडौँ - हिमालयन रि इन्स्योरेन्सको आईपीओको प्री–अलोटमेन्ट  सम्पन्न भएको छ । कम्पनीको आइपीओ यही हप्ताभित्र बाँडफाँड गर्ने प्रारम्भिक तयारी गरिएको छ । बिक्री प्रबन्धक एनएमबि क्यापिटलका अनुसार यो हप्ताभित्र आइपीओ बाँडफाँड गर्ने तयारी गरिएको हो । तर, कुन दिन बाँडफाँड गर्ने भन्ने चाहिँ अझै तय भइसकेको छैन ।

कम्पनीको आईपीओमा अन्तिम दिनसम्ममा १६ लाख ६० हजार २२ जनाले ३ करोड २२ लाख १५ हजार ७० कित्ताका लागि आवेदन दिएका हुन् । यो मागभन्दा १.२९ गुणा बढी आवेदन हो । यसमा दिने सवैआवेदकले १० कित्ताका दरले शेयर पाउने भएका छन् ।कम्पनीले १०६ रुपैयाँ प्रिमियम थप गरी २०६ रुपैयाँका दरले २ करोड ४९ लाख कित्ता शेयरको लागि आवेदन माग गरेको थियो । 

कम्पनीले जारी पुँजीको ३० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको आईपीओ निष्काशन गरेको हो । वैदेशिक रोजगारमा गएका कामदार र म्युचुएल फन्डलाई बाँडफाँड गरिसकेपछि अन्तिममा बाँकी भएको कित्ता सर्वसाधारणको लागि आवेदन खुला गरिएको थियो ।

 

सोमबार, ०९ पुस २०८०, १५ : १४

प्रतिक्रिया