मुक्तिनाथ विकास बैंकको सेयर कारोबार फुकुवा

बुधबार, ११ पुस २०८०, १३ : ३९

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले मुक्तिनाथ विकास बैंकको दोस्रो बजारमा सेयर कारोबार  बुधबारदेखि फुकुवा गरेको छ ।

कम्पनीले कारोबार समयमा बैठक सञ्चालन मनसायपूर्व रुपमा नभई संयोगमात्र पर्न गएको र लाभांशको विषय साढे ४ बजे मात्र बैठकमा छलफल भएको स्पष्टीकरण पेश गरेपछि नेप्सेले कारोबार फुकुवा गरेको हो ।

साथै कम्पनीले आगामी दिनमा गल्ती नदोहोर्‍याउने प्रतिबद्धता पनि व्यक्त गरेको छ ।

यसअघि नेप्सेले कारोबार समयमा धितोपत्र मूल्यमा प्रभाव पार्ने संवेदनशील निर्णय गरेको भन्दै सेयर कारोबार रोक्का गरेको थियो । 
 

बुधबार, ११ पुस २०८०, १३ : ३९

प्रतिक्रिया