काठमाडौं - नेपाल हाइड्रो डेभलपर्सको साधारण सभा आज (पुस १२ गते) बस्दै छ । सभा लिसारा रिसेप्सन नक्साल काठमाडौँमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।
सभामा कम्पनीले गत वर्षको नाफाबाट ७ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.३७ प्रतिशत नगद लाभांश गरी कुल ७.३७ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पेश गर्नेछ। साथै, सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन, वासलात, नाफा नोक्सान लगायतका विषयमा छलफल गर्ने प्रस्ताव हुनेछ ।
त्यस्तै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखा परीक्षक नियुक्ति गरी पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि छ। सभा प्रयोजनका लागि कम्पनीले मङ्सिर २५ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, यसमा मङ्सिर २४ गतेसम्म कायम रहने सेयर धनीले मात्र सभामा भाग लिन र प्रस्तावित लाभांश पाउन सक्नेछन्।
प्रतिक्रिया