सेयर बजारमा सामान्य गिरावट, अन्य उपसुचक कस्तो ?

विहीबार, १२ पुस २०८०, १५ : ३३

काठमाडौं- साताको अन्तिम कारोबार दिन सेयर बजारमा सामान्य गिरावट आएको छ । उक्त दिन बजार १.९३ अंकले घटेर २०६८ को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड १६ लाख ५८ हजार ११० कित्ता सेयर किनबेच हुँदा ४ अर्ब २९ करोड ९ लाख ३२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै सात वटा उपसूचकमा राताम्मै भएको छ ।

आज धौलागिरी लघुवित्त र बिपीडब्लु लघुवित्तको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीहरुको सेयर मूल्य प्रतिकित्ता १०र१० प्रतिशतले घटेको छ । त्यसैगरी उन्नती सहकार्य लघुवित्तको ७.२९ प्रतिशत नेपाल इन्स्योरेन्सको ६.१६ प्रतिशत र अपर सोलु हाइड्रोको ५.८२ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सकारात्मक सर्किट लागेका कम्पनीहरु :

आज सेयर बजारमा गिरावट आउँदा भिजन लुम्बिनी उर्जा कम्पनी, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मनकामना इन्जिनियरिङ हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, तारागाउँ रिजेन्सीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको १४ करोड ३८ लाख ३७ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको १३ करोड ५६ लाख ३७ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन घोराही सिमेन्ट इन्डस्ट्रीको १३ करोड ४३ लाख ३८ हजार रुपैयाँ, रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ९८ लाख ९ हजार रुपैयाँ र नेपाल इन्स्योरेन्सको १२ करोड ६ लाख ५८ हजार रुपैयाँको कारोबार भएको हो ।

 

 
 

विहीबार, १२ पुस २०८०, १५ : ३३

प्रतिक्रिया