एक कम्पनीको संस्थापक सेयर बिक्रीमा

शुक्रबार, १३ पुस २०८०, १२ : ५७

काठमाडौँ - नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले संस्थापक सेयरधनीको नाममा रहेको १ लाख ४१ हजार १३१ कित्ता संस्थापक सेयर बिक्रीमा ल्याएको हो ।

यसमा बैंकका विद्यमान अन्य संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । सेयर खरिद गर्न इच्छुक संस्थापक सेयरधनीले आज पुस १३ गतेबाट ३५ दिनभित्र आवेदन दिनुपर्नेछ ।

बैंकको सेयर शाखा लाजिम्पाट, काठमाडौंमा खरिद गर्न चाहेको सेयर संख्या खुलाई आवेदन दिनुपर्नेछ । उक्त समयमा संस्थापक सेयरधनीले सेयर खरिद नगरे अन्य व्यक्ति वा संस्थालाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

शुक्रबार, १३ पुस २०८०, १२ : ५७

प्रतिक्रिया