काठमाडौंः हाइड्रोइलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी (एचआइडीसीएल) ले यो पटक सेयरधनीलाई करसहित ५.२६३ प्रतिशत नगद लाभांश वितरण गर्ने निर्णय गरेको छ।
कम्पनीको पुस ४ गते बसेको सञ्चालक समिति बैंठकले लाभांश दिने निर्णय गरेको हो। उक्त प्रस्ताव पारित गर्न यसले पुस २९ गते साधारण सभा बोलाएको छ।
सभा प्रयोजनार्थ एचआइडीसीएलले बुधबार पुस १८ गते बुक क्लोज गर्ने भएको छ। तसर्थ, मंगलबार पुस १७ गतेसम्म कायम सेयरधनीले मात्र यस कम्पनीको साधारण सभामा भाग लिन र लाभांश प्राप्त गर्न सक्नेछन् ।
प्रतिक्रिया