एक कम्पनीको संस्थापक सेयर बिक्रीमा

सोमबार, १६ पुस २०८०, १३ : ४८

काठमाडौँ - प्राइम कमर्सियल बैंक लिमिटेडको संस्थापक सेयर बिक्रीमा ल्याएको छ । बैंकले आज पुस १६ गतेदेखि संस्थापक समूहतर्फको सेयर बोलकबोल प्रक्रियाबाट बिक्री गर्न लागेको हो ।

यो सेयर खरिदका लागि विद्यमान संस्थापक सेयरधनीले आवेदन दिन सक्नेछन् । संस्थापक सेयरधनीले सूचना प्रकाशित गरेको मितिले ३५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ । उक्त अवधिभर कुनै आवेदन नपरेमा अन्य व्यक्तिलाई सेयर बिक्री गरिने बैंकले जनाएको छ ।

त्यस्तै, बोलकबोलमा आवेदन नपरेको संस्थापक सेयर सर्वसाधारणका लागि बिक्रीमा राखेको बैंकले जानकारी दिएको छ । यो सेयर खरिदका लागि इच्छुक आवेदकले सूचना प्रकाशित भएको १५ दिनभित्र बैंकको कम्पनी सचिवको कार्यालयमा आवेदन दिनुपर्नेछ ।

सोमबार, १६ पुस २०८०, १३ : ४८

प्रतिक्रिया