सेयर बजारमा गिरावट, अन्य उपसुचक कस्तो ?

सोमबार, १६ पुस २०८०, १६ : ०६

काठमाडौं- आज पुस १६ गते सोमबार सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ८.७५ अंकले घटेर २०६० को विन्दुमा कायम हुन पुगेको छ ।

आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड १८ लाख ९२ हजार ५५९ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४८ करोड ३९ लाख ८२ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै आठ वटा उपसूचकमा राताम्मै भएको छ ।

आज मोलुङ हाइड्रोपावरको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता ८.०९ प्रतिशतले घटेको छ । त्यसैगरी मनकामना इन्जिनियरिङ हाइड्रोपावरको ६.५९ प्रतिशत, मैलुङखोला जलविद्युतको ६.५५ प्रतिशत र तारागाउँ रिजेन्सी होटलको ६.५१ प्रतिशतले सेयर मूल्य घटेको छ ।

सर्वाधिक लगानिकर्ता झुम्एिका कम्पनीहरु :
आज सबैभन्दा बढी शिभम् सिमेन्टको कारोबार भएको छ । आज कम्पनीको २० करोड १३ लाख ७३ हजार रुपैया बराबरको कारोबार भएको छ ।

कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको सोनापुर मिनरल्सको २० करोड १२ लाख २३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन हाथवे इन्भेष्टमेन्टको १७ करोड २५ लाख ७० हजार रुपैयाँ, सानिमा जिआइसी इन्स्योरेन्सको १० करोड ८२ लाख ५६ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको ९ करोड ९१ लाख ६५ हजार रुपैयाँको कारोबार भएको हो ।

सेयर सर्किट लागेका कम्पनीहरु :
आज सेयर बजारमा गिरावट आउँदा सिइडिबी हाइड्रोपावर, चिरख्वा हाइड्रोपावर, हाथवे इन्भेष्टमेन्ट कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, हिमालयन हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

सोमबार, १६ पुस २०८०, १६ : ०६

प्रतिक्रिया