नेप्सेमा तीन कम्पनीको मूल्य समायोजन

सोमबार, १६ पुस २०८०, १६ : ५२

काठमाडौँ - नेपाल स्टक एक्सचेञ्ज (नेप्से)ले सोमबार तीन कम्पनीको मूल्य समायोजन  तीन कम्पनीको मूल्य समायोजन गरेको छ ।

लुम्बिनी विकास बैंकको ४ प्रतिशत बोनस सेयरपछि प्रतिकित्ता ३८६ रुपैंया ५४ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ४०२ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ ।

गरिमा विकास बैंकको ९.५० प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ३७४ रूपैयाँ ४३ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार मूल्य ४१० रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । 

  त्यसैगरी, छिमेक लघुवित्तको ५ प्रतिशत बोनस सेयरपछि प्रतिइकाई ८६५ रुपैंया ७१ पैसा हुने गरी मूल्य समायोजन गरेको हो । नेप्सेले सोमबारको अन्तिम कारोबार ९०९ रुपैंयाका आधारमा मूल्य समायोजन गरेको छ । सोही मूल्यको आधारमा नै भोली सेयरबजारमा कारोबार खुल्नेछ ।

सोमबार, १६ पुस २०८०, १६ : ५२

प्रतिक्रिया