५.२६३ प्रतिशत लाभांश वितरण गर्दै सिटिजन लाइफ इन्सुरेन्स

मंगलबार, १७ पुस २०८०, १० : १८

काठमाडौं -  सिटिजन लाइफ इन्सुरेन्सले ५.२६३ प्रतिशत लाभांश दिने निर्णय गरेको छ । 

कम्पनीको सोमबार बसेको बैठकले आर्थिक वर्ष २०७९–८० को नाफाबाट ५ प्रतिशत बोनस सेयर र कर तिर्न ०.२६३ प्रतिशत नगद लाभांश दिने निर्णय गरेको हो।

प्रस्तावित लाभांश सेयर नियामक बिमा समिति र सिटिजन लाइफको वार्षिक साधारण सभाले अनुमोदन गरेपछि मात्र वितरण हुने इन्सुरेन्सले जानकारी दिएको छ। 

 बोनश शेयरपछि कम्पनीको चुक्ता पूँजी ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ हुनेछ । कम्पनीले गत भदौ १५ गतेदेखि सर्वसाधारणका लागि आइपीओ विक्री गरेको थियो ।

प्रस्तावित लाभांश नेपाल बीमा प्राधिकरणले स्वीकृति दिएपछि र कम्पनीको आगामी वार्षिक साधारणसभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ ।

मंगलबार, १७ पुस २०८०, १० : १८

प्रतिक्रिया