विपक्षी दलका नेतामाथि छुरा प्रहार

४ महिना अगाडि

काठमाडौं – दक्षिण कोरियाली शहर बुसानमा विपक्षी दलका नेता ली जे म्युङ्गमाथि छुरा हानिएको छ । योन्हाप समाचार संस्थाका अनुसार पत्रकार सम्मेलनका क्रममा एक व्यक्तिले उनको बायाँ गर्दनमा छुरा प्रहार गरेका हुन् । आक्रमणकारीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

डेमोक्रेटिक पार्टी अफ कोरियाका सभापति समेत रहेका विपक्षी नेता ली गत वर्षकोे राष्ट्रपति निर्वाचनमा झिनो मतान्तरले पराजित भएका थिए भने आगामी वर्षको आमनिर्वाचनमा पनि उम्मेदवार हुने तयारी रहेको बताइएको छ ।

४ महिना अगाडि

प्रतिक्रिया