काठमाडौँ - आज पुस १७ गते मंगलबार सेयर बजारमा दोहोरो अंकको गिरावट आएको छ । उक्त दिन बजार ३०.०५ अंकले घटेर २०३० को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३०५ कम्पनीको १ करोड ११ लाख ८५ हजार ७१२ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ४६ लाख ५९ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै १३ वटै उपसूचकमा राताम्मै भएको छ ।

आज सेयर बजारमा गिरावट आउँदा चिरख्वा हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, लक्ष्मी लघुवित्तको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

आज हिमालयन हाइड्रोपावरको सेयरमा नकरात्मक सर्किट लाएको छ । कम्पनीको सेयर मूल्य प्रतिकित्ता १० प्रतिशतले घटेको छ । त्यसैगरी सिटिजन लाइफ इन्स्योरेन्सको ७.१८ प्रतिशत, दोर्दीखोला जलविद्युतको ६.५६ प्रतिशत र मेगा म्युचुअल फण्डको ५.७७ प्रतिशतले सेयर मूल्य घटेको छ ।
प्रतिक्रिया