काठमाडौं- कारोबारको चौथो दिन सेयर बजार दोहोरो अंकले बढेको छ । उक्त दिन बजार २७.९० अंकले बढेर २०५८ को विन्दुमा कायम हुन पुगेको छ ।
आज नेप्सेमा कारोबार भएको ३०६ कम्पनीको १ करोड ५ लाख ४९८ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ४ करोड ८८ लाख ५७ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १३ वटै उपसूचकमा हरियाली छाएको छ ।
आज सेयर बजारमा बढोत्तरी आउँदा दिव्यश्वरी हाइड्रोपावर, एनआरएन इन्फ्रास्ट्रक्चर, पिपुल्स हाइड्रोपावर, मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनी, भगवती हाइड्रोपावर, सोनापुर मिनरल्सको, सनराइज फोस्कड इक्विटी फण्ड, पञ्चकन्या माई हाइड्रोपावरको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
कुनको कति भयो कारोबार ?
उक्त दिन सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २६ करोड ६३ लाख ९१ हजार रुपैया बराबरको कारोबार भएको छ ।
कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको शिभम् सिमेन्टको २३ करोड ३५ लाख ५४ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।
त्यस्तै उक्त दिन आइएमई लाइफ इन्स्योरेन्सको १५ करोड ७० लाख १७ हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १५ करोड ४० लाख १९ हजार रुपैयाँ र हाथवे इन्भेष्टमेन्ट कम्पनीको १४ करोड १८ लाख ८१ हजार रुपैयाँको कारोबार भएको हो ।
प्रतिक्रिया