काठमाडौँ - साताको अन्तिम कारोबार दिन सेयर बजारमा गिरावट आएको छ । उक्त दिन बजार ८.७१ अंकले घटेर २०४९ को विन्दुमा कायम हुन पुगेको छ ।
साताको तेस्रो कारोबार दिन बुधबार भने बजार करिब २८ अंकले बढेको थियो । उक्त दिन कारोबार पनि ४ अर्ब रुपैयाँमाथि नै भएको थियो । आज नेप्सेमा कारोबार भएको ३०३ कम्पनीको १ करोड ६० लाख ५२ हजार १०१ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब ५८ करोड ११ लाख ७ हजारको कारोबार भएको छ । बजारमा गिरावट आएसँगै ९ वटा उपसूचकमा राताम्मै भएको छ ।
उक्त दिन सिद्धार्थ प्रिमियर इन्स्योरेन्सको सेयर मूल्य सर्वाधिक घटेको छ । कम्पनीको सेयर मूल्य ६.५६ प्रतिशतले घटेको हो । त्यसैगरी, मन्दाकिनी हाइड्रोपावरको ५.८० प्रतिशत नेपाल दुरसंचार कम्पनीको ५.४५ प्रतिशत, जानकी फाइनान्सको ५.२८ प्रतिशत, यूनिलिभर नेपालको ५.०८ प्रतिशतले घटेको छ ।

प्रतिक्रिया