आईपीओ निष्कासनको तयारीमा एक कम्पनी

शुक्रबार, २० पुस २०८०, १४ : ५७

काठमाडौँ - नेपाल धितोपत्र बोर्डले रिलायन्स स्पिलिङ मिल्स लिमिटेडलाई आईपीओ निष्काशन गर्ने अनुमति पाएको छ । बोर्डले कम्पनीलाई बुक बिल्डिङ विधि मार्फत आइपीओ बिक्री गर्न अनुमति पाएको हो ।

कम्पनीले पहिलो चरणमा योग्य संस्थागत लगानीकर्तालाई सेयर बोलकबोल खुला गर्नेछ । कम्पनीले ७ लाख ७० हजार ६४० कित्ता सेयर पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि बोलकबोल मार्फत बिक्री गर्न अनुमति पाएको हो ।

बोलकबोलमा प्रतिकित्ता ६०८ रुपैयाँदेखि ९१२ रुपैयाँसम्म बिक्री मूल्य सीमा कायम भएको छ । संस्थागत लगानीकर्ताले सोही परिमार्जित सीमाभित्र रहेर बोलपत्र पेश गर्नुपर्ने हुन्छ । कम्पनीको बिक्री प्रबन्धकमा ग्लोबल आइएमई क्यापिटल रहेको छ ।

शुक्रबार, २० पुस २०८०, १४ : ५७

प्रतिक्रिया