बुद्धभूमि हाइड्रोपावरको साधारणसभा सम्पन्न, विशेष प्रस्ताव पारित

शनिबार, २१ पुस २०८०, १० : ४१

काठमाडौं । बुद्धभूमि हाइड्रोपावर लिमिटेडले कम्पनीको १५ औं वार्षिक साधारणसभा कम्पनीले एक सय ५० प्रतिशत हकप्रद सेयर जारी गर्ने विशेष प्रस्ताव पारित गर्दै सम्पन्न भएको छ। 

कम्पनीले सेयरधनीबाट उठाएको हकप्रदलाई कम्पनीको हालको ऋण चुक्ता गर्न र नयाँ प्रोजेक्ट निर्माण गर्न प्रयोग गर्नेछ। शुक्रबार काठमाडौंको थिरबम सडकस्थित अम्रपाली ब्याङ्क्वेटमा पूर्ण लाल श्रेष्ठको अध्यक्षतामा कम्पनीको साधारणसभा सम्पन्न भएको हो। 

कम्पनीले साधारणसभामा आर्थिक वर्ष २०७९/८० को सञ्चालक समितिको प्रतिवेदन छलफल गरि पारित गर्नुका साथै , लेखापरीक्षण प्रतिवेदनसहित वित्तीय विवरणहरु पारित गरेको छ। तेस्तै सभाले  लेखापरीक्षक नियुक्त गर्नुका साथै  पारिश्रमिक तय पनि गरेको छ। 

तेस्तै कम्पनीको हाल कै संस्थापक समूहको संचालक समितिलाई अर्को कार्यकालका लागि पनि सर्वसम्मतिमा चयन गरिएको छ । कम्पनीले साधारणसभा प्रयोजनार्थ पुस ६ गते एक दिन बुक क्लोज गरेको थियो ।

शनिबार, २१ पुस २०८०, १० : ४१

प्रतिक्रिया