इङवा हाइड्रोपावरको साधारण सभा बस्दै, सेयरधनीको हात रित्तो

आइतबार, २२ पुस २०८०, ०८ : १६

काठमाडौं-  इङवा हाइड्रोपावर लिमिटेडको साधारण सभा आज पुस २२ गते बस्दैछ । सभा बानेश्वर ब्यांकेटमा बिहान ११ बजेदेखि सुरु हुनेछ ।  यस कम्पनीले लगानीकर्तालाई लाभांश नदिने भएको छ। कम्पनीको सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरिने कम्पनीले जनाएको छ। 

साथै, आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहनेछ। यस कम्पनीका सञ्चालकहरुको निर्वाचन गर्ने सम्बन्धमा छलफल हुनेछ । सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ । तसर्थ, पुस १२ गतेसम्म कायम सेयरधनीले साधारण सभामा सहभागिता जनाउन सक्नेछन् ।

आइतबार, २२ पुस २०८०, ०८ : १६

प्रतिक्रिया