एक कम्पनीको आईपीओ नेप्सेमा सुचीकृत

आइतबार, २२ पुस २०८०, १४ : ०१

काठमाडौं - नेपाल स्टक एक्स्चेन्ज(नेप्से) मा आइतबार एक कम्पनीको आइपीओ सूचिकृत भएको छ । नेप्सेमा हिमालयन रिइन्स्योरेन्स लिमिटेडको आइपीओ सूचिकृत भएको हो ।

कम्पनीले सर्वसाधारणको लागि वितरण गरेको (सामूहिक लगानी कोष र वैदेशिक रोजगारीमा रहेका नेपाली, र कर्मचारी समेत) लाई ३ करोड कित्ता, संस्थापकहरूले लगानी गरेको ७ करोड कित्ता गरेर कुल १० करोड कित्ता साधारण सेयर सूचीकृत गराएको हो ।

कम्पनीको पहिलो कारोबारका लागि १०३ रूपैयाँ ०७ पैसादेखि अधिकतम ३०९ रुपैंया २१ पैसासम्म ओपनिङ रेञ्ज निर्धारण गरिएको छ । कम्पनीको स्टक सिम्बोल ‘एचआरएल’ रहेको छ । सूचिकृत पश्चात उक्त सेयर अब भोली सोमबार स्पेशल प्रि ओपन सेसनपछि हुने छ । 
 

आइतबार, २२ पुस २०८०, १४ : ०१

प्रतिक्रिया