ईङवा हाइड्रोपावरको साधारणसभा सम्पन्न, नयाँ कार्यसमिति गठन

सोमबार, २३ पुस २०८०, ०७ : १५

काठमाडौं - पुस २२ गते आईतवारका दिन ईङवा हाइड्रोपावर लिमिटेडको साधारणसभा बानेश्वर ब्यांकेटमा पुस २२ गते सम्पन्न भएको छ। 

सभाले कम्पनीको सवै प्रस्तावमाथि छलफल गरी पारित गर्नुको साथै कम्पनीको नयाँ कार्यसमिति समेत चयन गरेको छ । सभाले कार्यसमितिमा सुमित्रादेवी न्यौपाने, इन्द्र मणि त्रिताल, भेजप्रसाद तिमिल्सीना, संजिव न्यौपाने र सतिस न्यौपानेलाई कार्य समितिमा चयन गरेको छ।

कम्पनीका अध्यक्ष सुमित्रादेवी न्यौपानेको अध्यक्षतामा भएको सभाले कम्पनीको सभाले आर्थिक वर्ष २०७९-८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल गरी पारित गरेको छ । त्यसै गरी सभाले आर्थिक वर्ष २०८०-८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने प्रस्ताव पारित गरेको छ ।

कम्पनीले प्रबर्धन गरिरहेको ९.७ मेगावाटको ईङवा खोला साना जलविद्युत आयोजना यस कम्पनीको मुख्य जलविद्युत परियोजना हो । गत असार महिनामा आएको बाढीको क्षतीका कारण अवरुद्ध यस अयोजन पुन फागुन १ गतेदेखि बत्ति बाल्ने गरी मर्मतसम्हारको काम भैइरहेको कम्पनीेले जनाएको छ । 

सोमबार, २३ पुस २०८०, ०७ : १५

प्रतिक्रिया