माउन्टेन र मकर जितुमाया हाइड्रोपावरको आज साधरणसभा हुदै, लाभाशं के होला ?

सोमबार, २३ पुस २०८०, ०८ : १९

काठमाडौं - आज पुस २३ गते सोमबार २ हाइड्रोपावरको वार्षिक साधारण सभा बस्ने तयारी भएको छ। यसदिन माउन्टेन हाइड्रो नेपाल र मकर जितुमाया सुरी हाइड्रोपावरले साधारण सभा बोलाएका छन् ।

यी दुवै कम्पनीले लगानीकर्तालाई लाभांश प्रस्ताव भने गरेका छैनन्। माउन्टेन हाइड्रो नेपालको सभा कालिमाटी ब्यांकेट, कालिमाटी, काठमाडौंमा बिहान १० बजे सुरु हुनेछ । सभामा कम्पनीले १०० प्रतिशत हकप्रद सेयर जारी गर्ने प्रस्ताव पेश गर्नेछ ।

 सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । यसले सभा प्रयोजनका लागि कम्पनीले पुस १३ गते बुक क्लोज गरिसकेको छ ।

मकर जितुमाया सुरी हाइड्रोपावरको सभा सुर्य इभेन्ट, धुम्बाराही, आनन्दनगर, काठमाडौंमा बिहान ११ बजेबाट सुरु हुनेछ । सभामा आर्थिक वर्ष २०७९–८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ ।

आर्थिक वर्ष २०८०–८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । त्यसैगरी, सर्वसाधारण सेयरधनीहरुको प्रतिनिधित्व गर्ने सञ्चालक चयन गर्ने विशेष प्रस्ताव पनि रहेको छ । साधारण सभा प्रयोजनका लागि हाइड्रोपावरले पुस २ गते बुक क्लोज गरिसकेको छ । 

सोमबार, २३ पुस २०८०, ०८ : १९

प्रतिक्रिया