सिटिजन्स बैंकको संस्थापक सेयर बिक्रीमा

सोमबार, २३ पुस २०८०, १३ : ३२

काठमाडौँ- सिटिजन्स बैंकले संस्थापक सेयर बिक्रीमा ल्याएको छ । कम्पनीले संस्थापक समूहको ७० हजार ४ सय ९० दशमलव ६१ कित्ता सेयर सर्वसाधारणका लागि विक्रीमा ल्याएको हो ।

बैंकले प्रतिकित्ता सेयरको न्यूनतम भाउ १ सय ५० रुपैयाँ तोकेको छ । सेयर खरिद गर्न इच्छुक जो कोहीले ३५ दिन भित्र बैंकको केन्द्रीय कार्यालय नारायणहिटी पथमा निवेदन पेश गर्नु पर्नेछ । यसमा जो कोही व्यक्ति वा संस्थाले आवेदन दिन सक्नेछन् ।

सोमबार, २३ पुस २०८०, १३ : ३२

प्रतिक्रिया