दोहोरो अंकले बढ्यो नेप्से, अन्य सुचक कस्ता ?

सोमबार, २३ पुस २०८०, १६ : ०१

काठमाडौँ - कारोबारको  दोस्रो  दिन सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । उक्त दिन बजार ३६.५७ अंकले बढेर २०५९ को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ३७ लाख ९ हजार २७६ कित्ता सेयर किनबेच हुँदा ४ अर्ब ६७ करोड ५२ लाख २४ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै ११ वटा उपसूचकमा हरियाली छाएको छ ।

सेयर बजारमा दोहोरो अंकको वृद्धि, ४ अर्ब ६७ करोडको कारोबार

 

आज सेयर बजारमा बढोत्तरी आउँदा माउन्टेन इनर्जी, त्रिशूली जलविद्युत कम्पनी,तेह्रथुम पावर कम्पनी,सिंगटी हाइड्रो इनर्जी,हिमालयन रिइन्स्योरेन्स, समाज लघुवित्त, साम्लिङ पावर कम्पनी, कालिका पावर कम्पनी मुक्तिनाथ कृषि कम्पनी, नेपाल वेयरहाउजिङ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

 

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २१ करोड ८४ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको माउन्टेन इनर्जीको १९ करोड ३६ लाख ९८ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन हाथवे इन्भेष्टमेन्टको १६ करोड ५५ लाख ३० हजार रुपैयाँ, एनआरएन इन्फ्रास्ट्रक्चरको १४ करोड ४६ लाख ९ हजार रुपैयाँ र नेपाल इन्फ्रास्टक्चर बैंकको ११ करोड ७१ लाख ४१ हजार रुपैयाँको कारोबार भएको हो ।

सोमबार, २३ पुस २०८०, १६ : ०१

प्रतिक्रिया