नेप्सेले किन गर्‍यो एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज ?

मंगलबार, २४ पुस २०८०, ११ : ५०

काठमाडौँ- नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले एनआईबिएल प्रगति फण्डको सूचीकरण खारेज गरेको छ ।

नेप्सेले उक्त योजनाको अवधि परिपक्व भएकाले २०८० पुस २४ गतेदेखि लागू हुने गरी फण्डको इकाईको दोस्रो कारोबार बन्द गरेको हो । 

एनआईबिएल प्रगति फण्डको योजना अवधि २०८० पुस २६ गतेबाट परिपक्क हुँदैछ ।

सामूहिक लगानी कोष नियमावली, २०६७ को नियम ३१ उपनियम ९७० बमोजिम एनआईबिएल प्रगति फण्डको योजना खारेजी सम्बन्धमा सूचना प्रकाशित गरिएको योजना व्यवस्थापकले बताएको छ ।
 

मंगलबार, २४ पुस २०८०, ११ : ५०

प्रतिक्रिया