काठमाडौँ - कारोबारको तेस्रो दिन आज सेयर बजारमा दोहोरो अंकको वृद्धि भएको छ । आज नेप्से २०.६२ अंकले बढेर २०७० को विन्दुमा कायम हुन पुगेको छ ।आज नेप्सेमा कारोबार भएको ३०९ कम्पनीको १ करोड ७९ लाख ४९ हजार ५६२ कित्ता सेयर किनबेच हुँदा ६ अर्ब ११ करोड ८३ लाख १७ हजारको कारोबार भएको छ । बजारमा सुधार आएसँगै १० वटा उपसूचकमा हरियाली छाएको छ ।

आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको २१ करोड १६ लाख ८२ हजार रुपैया बराबरको कारोबार भएको छ ।कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको नेपाल इन्फ्रास्टक्चर बैंकको १९ करोड ६५ लाख ३ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । त्यस्तै उक्त दिन सोल्टी होटलको १७ करोड ४८ लाख ०१ हजार रुपैयाँ, माउन्टेन इनर्जीको १२ करोड १३ लाख ४२ हजार रुपैयाँ र रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको १२ करोड ११ लाख ३९ हजार रुपैयाँको कारोबार भएको हो ।

आज सेयर बजारमा बढोत्तरी आउँदा कर्णाली डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, कालिका लघुवित्त, सप्तकोशी डेभलपमेन्ट बैंकसहित ११ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।

प्रतिक्रिया