नेप्सेमा छायो रौनक, कारोबार रकम कति ?

बुधबार, २५ पुस २०८०, १५ : २७

काठमाडौं-  कारोबारको चौथो दिन सेयर बजारमा हरियाली छाएको छ ।

 आज बजार ९.५० अंकले बढेर २०८९ को विन्दुमा कायम हुन पुगेको छ । नेप्सेमा कारोबार भएको ३०१ कम्पनीको १ करोड ३४ लाख ७७ हजार ९४६ कित्ता सेयर किनबेच हुँदा ५ अर्ब १३ करोड ४८ लाख ४८ हजारको कारोबार भएको छ । बजारमा सुधार आउँदा ६ उपसूचकमा हरियाली छाएको छ ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरु:
आज सबैभन्दा बढी सोनापुर मिनरल्सको कारोबार भएको छ । आज कम्पनीको ३२ करोड ७८ लाख ९१ हजार रुपैया बराबरको कारोबार भएको छ । कारोबार रकमको आधारमा दोस्रो स्थानमा रहेको रिलायबल नेपाल लाइफ इन्स्योरेन्सको २८ करोड ८७ लाख १५ हजार हजार रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ ।

त्यस्तै उक्त दिन ङादी ग्रुप पावरको १५ करोड ५१ लाख ८५ हजार रुपैयाँ, हाथवे इन्भेष्टमेन्टको १४ करोड ६ लाख २ हजार रुपैयाँ र एनआरएन इन्फ्रास्ट्रक्चर डेभलपमेन्टको १२ करोड ८६ लाख ९७ हजार रुपैयाँको कारोबार भएको हो ।

कुनको कति बढ्यो ?
आज सेयर बजारमा बढोत्तरी आउँदा मनकामना स्मार्ट लघुवित्त, हिमालयन रिइन्स्योरेन्स, नेपाल वेरहाउजिङ कम्पनी, मुक्तिनाथ कृषि कम्पनी, ङादी ग्रुप पावर गरी ५ कम्पनीको सेयरमा सकरात्मक सर्किट लाएको छ ।
 

बुधबार, २५ पुस २०८०, १५ : २७

प्रतिक्रिया