घलेम्दी हाइड्रोपावरले ३२ लाख १७ हजार कित्ता सेयर लिलामीमा ल्याउदै

विहीबार, २६ पुस २०८०, ०९ : ५९

 काठमाडौं: घलेम्दी हाइड्रोपावर कम्पनीले बिक्री खुला गरेको २०० प्रतिशत हकप्रद सेयर बुधबार बाँडफाँट गरेको छ ।  कम्पनीले १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेकोमा ७७ लाख ८२ हजार २७६ कित्ताका लागि मात्र आवेदन परेको थियो । 

यस कित्तामा परेको आवेदनको आधारमा ३२ लाख १७ हजार ७२४ कित्ता हकप्रद बिक्री हुन नसकेको देखिन्छ । बिक्री नभएको बाँकी सेयर अरुण घलेम्दीले अब लिलामीमा ल्याउने भएको छ।यस कम्पनीले मंसिर १० देखि पुस १६ गतेसम्म १ करोड १० लाख कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो ।
 

विहीबार, २६ पुस २०८०, ०९ : ५९

प्रतिक्रिया