काठमाडौँ - सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ । कम्पनीले लाभांश र तथा साधारण सभा प्रयोजनका लागि कम्पनीले भनेर पुस २९ गते बुक क्लोज गर्ने निर्णय गरेको छ।
पुस २७ शुक्रवार कारोबार नहुने, पुस २८ शनिवार भएकोले आज सम्म कायम शेयर धनीहरू.कम्पनीले मात्र घोषणा गरेको लाभांश पाउने छन्। कम्पनीको सातौँ वार्षिक साधारण सभा माघ १४ गते काठमाडौँको नक्साल भाटभटेनीस्थित आम्रपाली ब्यांक्वेटमा बिहान ११ बजे बोलाइएको छ। सभाले आर्थिक वर्ष २०७९/ ८० का लागि प्रस्तावित चुक्ता पुँजी ३ अर्ब ७५ करोड रुपैयाँको कुल ५.२६३२ प्रतिशत लाभांश अनुमोदन गर्नेछ।
जसमा ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँ बराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश छन्। सभाले बोनस सेयरपछि चुक्ता पुँजी बढेर ३ अर्ब ९३ करोड ७५ लाख रुपैयाँ पुग्ने भएकोले सोहीबमोजिम कम्पनीको प्रबन्ध पत्रमा संशोधन गर्ने विशेष प्रस्ताव पनि पारित गर्नेछ।
सभाले आर्थिक वर्ष २०७९/८० को वार्षिक प्रतिवेदन र लेखा परीक्षणको प्रतिवेदन पनि सभाले अनुमोदन गर्नेछ। चालु आर्थिक वर्ष २०८०/८१ का लागि लेखा परीक्षकको नियुक्ति गर्ने र निजको पारिश्रमिक तोक्ने प्रस्ताव पनि पनि स्वीकृत प्रस्ताव पनि रहेको छ।
प्रतिक्रिया