सामान्य अंकले घट्यो नेप्से

विहीबार, २६ पुस २०८०, १५ : ५०

काठमाडौँ - कारोबारको अन्तिम दिन आज नेप्सेमा सामान्य गिरावट आएको छ । नेप्से परिसूचक  ०.६२  अंकले घटेर २०८८.९९ विन्दुमा रोकिएको छ ।

 स्टक मार्केटमा साताको अन्तिम कारोबार दिन आज दुई करोड २१ लाख ३२ हजार ७६८ कित्ता शेयर किनबेच हुँदा चार अर्ब ३० करोड ७७ लाख ६३ हजार २७७ रुपैयाँको कारोबार भयो । आज हाइड्रोपावर, लघुवित्त, व्यापार र अन्य उपसूचक बाहेक सबै राताम्य हुन पुगेका छन् । हाइड्रोपावर, लघुवित्त, व्यापार उपसूचकमा भने दोहोरो अंकको वृद्धि देखिएको छ ।  

विहीबार, २६ पुस २०८०, १५ : ५०

प्रतिक्रिया