काठमाडौं- सिटिजन लाइफ इन्स्योरेन्स कम्पनीको सेयरमूल्य समायोजन भएको छ । इन्स्योरेन्स कम्पनीको ५ प्रतिशत बोनस सेयरका आधारमा दोस्रो बजारमा मूल्य समायोजन भएको हो ।
समायोजित मूल्य अनुसार अब कम्पनीको कारोबार प्रति सेयर ४७१.८१ रुपैयाँमा खुल्नेछ । आज उक्त कम्पनीको अन्तिम कारोबार ४९५.४० रुपैयाँमा भएको थियो ।
कम्पनीले हालको चुक्ता पुँजीको ५ प्रतिशतले हुन आउने १८ करोड ७५ लाख रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.२६३२ प्रतिशतले हुन आउने ९८ लाख ६८ हजार ४२१ रुपैयाँ नगद लाभांश घोषणा गरेको हो ।
प्रतिक्रिया