साताको समीक्षा: करिब २ प्रतिशत बढ्यो नेप्से उपसमूहको अवस्था कस्तो ?

शनिबार, २८ पुस २०८०, ०७ : ४३

काठमाडौं । यस साता नेप्से परिसूचक झण्डै २ प्रतिशत बढेर बन्द भएको छ। गत साता २०४९.२८ विन्दुमा बन्द भएको नेप्से, यस साता १.९४ प्रतिशत अर्थात ३९.७१ अंक घटेर २०८८.९९ विन्दुमा झरेको छ।

यस साता सेन्सेटिभ इण्डेक्स १.३१ प्रतिशत बढेको छ भने फ्लोट इण्डेक्स १.९७ प्रतिशत र सेन्सेटिभ फ्लोट इण्डेक्स १.८० प्रतिशत बढेको छ। यस साता ५ कारोबार दिनमध्ये ३ कारोबार दिन नेप्से बढेको थियो भने दुई कारोबार दिन घटेको थियो। यस साताको पहिलो र अन्तिम कारोबार दिन नेप्से घटेको हो।

यस साता नेप्सेसँगै कारोबार रकम पनि बढेको छ। गत साता दैनिक औषतमा ४ अर्ब ५४ करोडको शेयर खरिदबिक्री भएको बजारमा यस साता दैनिक औषतमा ५ अर्ब १० करोडको शेयर कारोबार भएको छ। गत साताको तुलनामा यस साताको दैनिक औषत कारोबार रकम १२.२४ प्रतिशत बढेको हो। 

त्यसैगरी, यस साता दैनिक औषत शेयर संख्या ३३.०४ प्रतिशत बढेको छ भने दैनिक औषत कारोबार संख्या ३.३५ प्रतिशत घटेको छ। गत साताको अन्तिम कारोबार दिन ३१ खर्ब ८३ अर्ब रुपैयाँ रहेको नेप्सेको कुल बजार पूँजीकरण यस साता ९७ अर्ब रुपयाँ बढेर ३२ खर्ब ८१ अर्ब रुपैयाँ पुगेको छ।

१३ उपसमूहमध्ये यस साता १० उपसमूहको परिसूचक बढेको छ भने ३ उपसमूहको परिसूचक घटेको छ। यस साता अन्य उपसमूहको परिसूचक सर्वाधिक ५.०९ प्रतिशत बढेको छ। गत साता १५१५.११ विन्दुमा बन्द भएको यस उपसमूहको परिसूचक, यस साता ७७.१६ अंक बढेर १५९२.२७ विन्दुमा पुगेको छ। अंकका आधारमा भने यस साता विकास बैंक उपसमूहको परिसूचक सर्वाधिक १८९.८३ अंक बढेको छ।
 

शनिबार, २८ पुस २०८०, ०७ : ४३

प्रतिक्रिया