आईपीओ निष्कासनको प्रस्तावसहित एक कम्पनीले बोलायो सभा

आइतबार, २९ पुस २०८०, १२ : ४०

काठमाडौँ - जनता प्रसारण तथा प्रकाशन लिमिटेड(जनता टीभी)ले आइपीओ  जारी गर्ने भएको छ ।

सोही प्रस्तावसहित कम्पनीले वार्षिक साधारण सभा बोलाएको छ । सभा फागुन १२ र १३ गते कार्की ब्यांकेट, बबरमहल हाइट, काठमाडौंमा बिहान ७ बजेदेखि सुरु हुनेछ । सभामा कम्पनीले आइपीओ जारी गर्ने सम्बन्धमा प्रस्ताव पेश गर्नेछ ।

सभामा आर्थिक वर्ष २०७९/८० को नाफा नोक्सान सम्बन्धी हिसाबका सम्बन्धमा छलफल हुनेछ । आर्थिक वर्ष २०८०/८१ का लागि लेखापरीक्षक नियुक्ति र पारिश्रमिक निर्धारण गर्ने एजेन्डा पनि रहेको छ । 

आइतबार, २९ पुस २०८०, १२ : ४०

प्रतिक्रिया