सेयर बजारमा पुनः उत्साह फर्किदै, आज कतिले बढ्यो ?

आइतबार, २९ पुस २०८०, १५ : ४०

काठमाडौँ- सेयर बजारमा पुनः उत्साह फर्किएको छ । मौद्रिक नीतिको पहिलो त्रैमासको समीक्षापछि केही दिन उचालिएको सेयर बजार त्यसपछि भने सुस्त बनेको थियो । तर, पछिल्लो दिन पुनः नेप्से सूचक ३१ अंकमाथिले बढ्दै २१२० अंकमा उक्लिएको हो । 

आइतबार खुलेको बजारमा २११ कम्पनीको सेयर मूल्य बढ्दा जम्मा ३३ वटा कम्पनीको मात्र सेयर मूल्य घटेको छ । जसमध्ये ५ वटा कम्पनीको सेयर मूल्य १० प्रतिशतले बढेको छ ।  हिमालयन पावर पार्टनर लिमिटेड, कालिका पावर कम्पनी लि।, तेरथुम पावर कम्पनी लि।, मध्ये भोटेकोशी जलविद्युत कम्पनी लि. र माथिल्लो मैलुङ खोला जलविद्युत लि।को सेयर मूल्यमा सर्किट लागेको छ भने आज १० वटा कम्पनीको सेयर मूल्य ९ प्रतिशत माथिले बढेका छन् । आज होटल तथा पर्यटन समूहको उपसूचक र ट्रेडिङ समूहको उपसूचक बाहेक ११ वटा उपसूचक धनात्मक भएका छन् । ३१ अंकमाथिले नेप्से सूचक बढेको यस दिन ५ अर्ब ४५ करोड ४ लाख २१ हजार रुपैयाँ बराबरको १ करोड ६६ लाख ५ हजार कित्ता सेयर दोस्रो बजारमा कारोबार भएका छन् । 

आइतबार, २९ पुस २०८०, १५ : ४०

प्रतिक्रिया