काठमाडौँ - कारोबारको तेस्रो दिन आज मंगलबार नेप्से ५४.५४ अंकले बढेर २१७५.१७ विन्दुमा पुग्यो ।आज स्टक मार्केटमा दुई करोड ३३ लाख ७० हजार ५३ कित्ता शेयर किनबेच हुँदा ८ अर्ब २ करोड २८ लाख ६२ हजार ४०६ रुपैयाँको कारोबार भयो ।

आज सर्वाधिक कारोबार हुने कम्पनीहरुको सूचिमा सोना सिमेन्ट परेको छ ।त्यस्तै, निफ्रा, एनआरएन इन्फास्टक्चर डेभलपमेन्ट, हिमाल खोला हाईड्रोपावरको सर्वाधिक कारोबार भएको छ । त्यस्तै, अपि पावर, अरुण कावेली पावर, हाथवे, सिभम सिमेन्ट, रिलायबल नेपाल लाइफ इन्स्योरेन्स र ङादी पावरको पनि सर्वाधिक कारोबार भएको छ ।आज एकै दिन सोना सिमेन्टको २८ करोड ३१ लाख ५५ हजार रुपैयाँको शेयर कारोबार भएको छ भने निफ्राको २३ करोड रुपैयाँको कारोबार भएको छ । त्यस्तै, एनआरएन डेभपलमेन्टको २१ करोड रुपैयाँको शेयर कारोबार हुँदा हिमाल पावरको १७ करोड रुपैयाँको शेयर कारोबार भएको छ ।
आज बुटवल पावर कम्पनी, युनाइटेड मोदी हाइड्रोपावर, हिमालयन पावर पार्टनर, एनआरएन इन्फ्रान्सट्रक्चर एण्ड डेभलपमेन्ट र नेपाल वेयरहाउजिङ कम्पनीको शेयरमूल्य १० प्रतिशतले बढेको हो ।त्यस्तै, मुक्तिनाथ कृषि कम्पनी, मकर जितुमाया सुरी हाइड्रोपावर, दिब्यश्वरी हाइड्रोपावर, घलेम्दी हाइड्रोपावरको शेयरमूल्य ९.९९ प्रतिशतले बढेको छ भने अप्पर तामाकोशी हाईड्रोपावर, न्याग्दी ग्रुप पावर र हिमालयन रिको शेयरमूल्य ९.९८ प्रतिशतले बढेको छ ।
आज ज्योति विकास बैंक बोण्ड २०८७, हिमालयन ८०–२० र १०५ प्राइम डेबेन्चर २०८८ को शेयरमूल्यमा चर्को गिरावट आएको छ । यस कम्पनीहरुको शेयरमूलय क्रमश ९.९९, ९.७० र ५ प्रतिशतले शेयरमूल्य घटेको हो ।त्यसैगरी आज, मिड सोलु हाइड्रोपावर, १२५ आईसीएफसी फाइनान्स लिमिटेड डेबेन्चर २०८३, बुद्ध भूमि नेपाल हाइड्रोपावर कम्पनी, ८.५५ नेपाल इन्भेष्टमेन्ट बैंक डेबेन्चर २०८४, चिरख्वा हाइड्रोपावर, लक्ष्मी उन्नति कोष र अपर लोहोरे खोला हाइड्रोपावरको शेयरमूल्य सर्वाधिक घटेको छ ।

प्रतिक्रिया